Total Pageviews

Wednesday, June 22, 2011

शरणार्थीको एसएलसी नतिजामा सुधार

यस बर्षको एसएलसी परीक्षामा र भुटानी शरणार्थी विद्यार्थीले राम्रो नतिजा निकालेका छन् ।
गएको चैतमा सञ्चालित एस.एल.सी परीक्षा सामेल भएका मध्ये ३२ प्रतिशत भुटानी शरणार्थीहरु विद्यार्थीहरू उत्तीर्ण भएका छन्
झापा र मोरङका सवै शिविरबाट सहभागी ८ सय ६० जना शरणार्थी विद्यार्थीहरुमध्ये २ सय ७६ जना उत्तीर्ण भएका छन् । तीमध्ये ४० जना जना प्रथम, २ सय ७ जना दोस्रो र २९ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । परीक्षार्थी मध्ये ४० जना पुनर्बासमा गईसकेको शरणार्थी शैक्षिक सहायता संस्था कारितासले जनाएको छ । अघिल्लो बर्ष सञ्चालित एस.एल.सी. परीक्षामा नियमिततर्फ २९ प्रतिशत शरणार्थी विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

0 comments