Total Pageviews

Friday, June 17, 2011

पुनर्वास भएका तीन युवा अमेरिकामा वेपत्ता

पुनर्वास भएर अमेरिका पुगेका तीनजना भुटानी युवाहरु हराएका छन् । उनीहरु गत शनिबार राती ९ बजेदेखि वाशिङ्गटनको स्पोकेनबाट हराएका हुन् । हराएकाहरुमा २१ बर्षीय कृष्णलाल धिताल, २८ बर्षीय डिल्लीराज ढकाल र १७ बर्षीय कृष्ण ढकाल रहेका छन् । परिवारलसँगको शनिबार राती ९ वजे अन्तिम सम्पर्का उनीहरु स्पोकेनको एउटा पार्कमा भएको जानकारी पाईएको छ । त्यसपछि उनीहरूका बारेमा केही थाहा हुन सकेको छैन ।परिवारले दिएको विवरणअनुसार धिताल ५फिट २इञ्च अग्ला छन् र उनले जिन्सको पाइन्ट र सेतो सर्ट लगाएका थिए भने ५फिट ७इञ्च अग्ला भट्टराईले वाशिङ्टन राज्यमा दर्ता भएको कालो रङको Acura LP # 933ZGH, 2003 गाडी लिएर हिँडेका छन् ।
धिताल र भट्टराई दुवैजना त्यहि दिन वासिङ्टनकै टुकविला (Tukwila)सहरबाट पारिवारिक भ्रमणका लागि स्पोकेन आएका थिए । हराएका मध्येका अर्का कृष्ण ढकाल ५ फिट ३ इन्च अग्ला छन् । उनका बारेमा थप जानकारी परिवारले दिन सकेको छैन ।
उनीहरुको परिवार करिव २ बर्षअघि नेपालस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्रस्थापित भएर अमेरिका आएका थिए ।
छोरा हराएका तीनै परिवारका सदस्यहरु शोकमा डुवेको कृष्णलालका काका टंक धितालले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रहरीले उनीहरु तीनैजनाको खोजी तिव्र पारेको छ ।
यदि ती युवाहरूका बारेमा कसैले केही कुरा थाहा पाउनु भएमा चुडा दहाललाई 206-372-8969 मा वा टंक धिताललाई 360-918-4869 मा फोन गरि जानकारी दिनपनि धितालले आग्रह गर्नु भएको छ ।
From Purbali Times.

1 comments

Dhakaram7 June 18, 2011 at 11:06 AM

IT is sad news . i hope god will help this serious concern and give us those people.